एटिएम कार्डबाट रकम निकाल्ने ५ चिनियाँ नागरिक पक्राउ


काठमाडौं, भदौ १५
१ करोड २६ लाख नेपाली रुपैयाँ सहित १० हजार अमेरिकी डलर बरामद
 

महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ ।उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीले जनाएको छ। उनीहरू दरबारमार्गबाट पक्राउ परेका हुन्।नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको पाइएपछि प्रहरीले दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ गरेको थियो ।

source: https://www.setopati.com/social/188906