CCDMs to be installed at every branches


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले नगद जम्मा गर्न ‘क्यास डिपोजिट मेसिन’ राख्नुपर्ने व्यवस्था मिलाउने भएको छ । 

बुधबार बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै डिपोजिट मेसिन राख्नुपर्ने व्यवस्था मिलाउने जनाएको हो । यो मेसिन राखिएमा अहिलेको जस्तो लामोसमय लाइन बसेर पैसा डिपोजिट गर्नुपर्ने अवस्था रहदैँन । ग्राहकहरुले मेसिनबाटै डिपोजिट गर्न पाउने छन् । 

साथै भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधारहरुको विकास गर्दै सबै आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गरिने नीतिमा छ । 

राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले सरकारले अपेक्षा गरे अनुसारको आर्थिक वृद्धिदर हासिल गर्ने गरि मौद्रिक नीति तय गरिएको बताए । सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य ,पन्ध्रौं योजनाले तय गरेका आर्थिक लक्ष्यहरु तथा अन्तर्राष्ट्रिय स्तरमा विकसित सामाजिक राजनितिक परिर्वतनलगायत वस्तुगत अवस्थालाई मध्यनजर गरी नीति तर्जुमा गरिएको उनले उल्लेख गरे ।