बैंक एटिएममा धावा बोल्दै विश्वका खतरनाक ह्याकरहरु


 

पछिल्ला केही वर्षयता विश्वमा साइबर क्राइमका घटनाहरुमा उल्लेख्य वृद्धि भैरहेको छ । मालवेयर अट्याक, ह्याकिङ्ग जस्ता घटनाहरु

आजकल सामान्यजस्ता बनिरहेका छन् र इन्टरनेट प्रयोगकर्ताहरु साइबर अपराधीको निशाना बनिरहेका छन् ।

पछिल्लो समय बैंक एटिएम ह्याकिङ्गका घटना पनि सार्वजनिक भएका छन् । साइबर अपराधीहरुको समूहले एकै समयमा एकैचोटि

विश्वका कैयन् देशका एटिएमहरु रित्तो पारिरहेका छन् ।सेक्योरिटी फर्म सिमेन्टेकको पछिल्लो प्रतिवेदन अनुसार एसिया तथा अफ्रिकामा

सबैभन्दा हाइप्रोफाइल तथा खतरनाक साइबल अपराधीको समूहले धेरै देशको एटिएम रित्याइरहेको छ । अहिलेसम्म यो समूहले

एटिएमबाट करोडौँ रुपैयाँ रित्याइसकेको छ ।हालै अमेरिकामा US-CERT डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्योरिटी, डिपार्टमेन्ट अफ

ट्रेजरी तथा एफबिआईले एटिएम चोरीका सन्दर्भमा चेतावनी जारी गरेको छ । उक्त चेतावनीमूलक सूचनाका अनुसार विश्वभर एटिएममाथि

भैरहेको साइबर हमला पछाडि Hidden Cobra को हात छ । सिमेन्टेकका अनुसार अधिकतम एटिएम ह्याकिङ्गका घटनामा Lazarus

नामक समूहको हात रहेको छ । उक्त ग्रुपको अमेरिकी कोडनाम Hidden Cobra हो ।

उक्त समूह साइबर क्राइम र जासूसी दुबैका लागि निकै धेरै सक्रिय छ । सुरुवातमा यो समूह जासूसी अपरेशन तथा हाइ प्रोफाइल साइबर

आक्रमणका लागि चर्चित थियो । सन् २०१४ मा यो ह्याकर समूहले सोनी पिक्चर्समाथि साइबर हमला गरेको थियो ।

Lazarus को नाम WannaCry नामक फिरौति माग्ने भाइरस सँग पनि जोडिन्छ । उक्त रेनसमवेयरले विभिन्न व्यक्ति तथा बैंक र बित्तिय

संस्थाहरुका अकाउन्ट ह्याक गर्ने, पासवर्ड परिवर्तन गर्ने र अकाउन्ट पुनर्स्थापनाका लागि फिरौति माग्ने गर्दछ ।

ीबशबचगक नामक ह्याकर समूहले बंगलादेशको केन्द्रिय  बैंकबाट ८ करोड १० लाख अमेरिक डिलर चोरी गर्नुका साथै सन् २०१७ मा

विभिन्न ३० वटा देशका बैंकहरुका एटिएमबाट रकम चोरी गरेको थियो । यो वर्ष सन् २०१८ मा पनि विभिन्न २३ देशका एटिएमबाट रकम

चोरी गर्यो यो समूहले । यो समूहले फास्ट क्यास नामक ह्याकिङ अभियान चलाउँदछ । त्यसको उद्देश्य नै बैंकका एटिएम ह्याक गरी रकम

चोर्नु हो । यसका लागि ह्याकरहरुले बैंकको नेटवर्कमा हमला गर्ने र त्यसपछि एटिएम कारोबार गर्ने एप्लिकेसन सर्भरलाई आफ्नो हातमा

लिएर रकम चोर्दछन् । हमलाकारीले अहिलेसम्म AIX अपरेटिंग सिस्टमको अनसपोर्टेड भर्सनमा चल्ने बैंकिङ एप्लिकेसन सर्भर ह्याक गरेका

छन् । source:onlinekhabar.com